कांग्रेसका तीन नेता विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता

भक्तपुर, साउन १६
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सिंहको नीजि निवास चाक्सीबारीमा भेटवार्ता भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको तिथी नजिकिँदै गर्दा यी तीन नेताहरुको भेटघाट बाक्लिँदै गएको छ । यसलाई राजीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । मुलुक को राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनका बिषयमा केन्द्र रहेर सिंह निवासमा तीन नेताहरु छलफलमा जुटेको सिंहका सहयोगी एवम् विद्यार्थी नेता यु पी लामिछानेले जानकारी दिनुभयो ।
कोइराला, सिंह र निधि नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरु हुन । कांग्रेसका यी तीन नेताहरु आगामी महाधिवेशनमा एक जनाले सभापतिको उम्मेदवार दिने अरु दुई जनाले सहयोग गर्ने विषयमा छलफल हुँदैं आएको बताईएको छ । यसले कांग्रेसमा नयाँ समिकरणको विकास भएको बुझिएको छ ।