चीनमा मध्यपुर युथ एशोसियसन पराजित

भक्तपुर, कार्तिक ७
मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीनको कुन्मङ्ग फुटबल एशोसियसनको यु–१६ सँग पराजित भएको छ । चीनको लिज्याङ शहरमा सञ्चालन भइरहेको यु–१६ टियाङ्यु लिउफाङ कप प्रतियोगिताको बुधवार सम्पन्न खेलमा चीनको कुन्मङ्गसँग मध्यपुर युथ २–० ले पराजित भएको हो ।
खेलमा पहिलो ३ मिनेट भित्र मध्यपुर युथले २ गोल खाएको मध्यपुर युथ एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले ईन्यूज अफलाई बताए । खेल शुरु भएको पहिलो मिनेटमा नै गोल खाएको मध्यपुर युथले सम्हालिन नपाउँदैं दोस्रो गोल खाएको सिंहले जानकारी दिए ।


दोस्रो गोल खाएपछि सम्हालिएको मध्यपुर युथले त्यसपछि उत्कृष्ट खेल प्रदर्शन गरेपनि कुनै गोल गर्न सकेन । अन्ततः खेल २–० ले गुमाउन पुग्यो ।
प्रतियोगिता यही अक्टोवर २८ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन युथ टोलीको नेतृत्व गर्दै अध्यक्ष सिंह, उपाध्यक्ष अष्ट कवे, प्रशिक्षक राजेश श्रेष्ठलगायत १६ जना खेलाडी चीन प्रस्थान गरेको हो ।