जिल्ला व्यापी कराते प्रतियोगितामा थिमि डोजो टिम च्याम्पियन

भक्तपुर भदौ ३०
प्रेमकृष्ण माक श्रेष्ठ स्मृति दोस्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगितामा आयोजक थिमि डोजो टिम च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिकाको मूख्य सहकार्यमा नेपाल सितोरियो कराते डो थिमि शाखा डोजाले शनिवार आयोजना गरेको एक दिने प्रतियोगितामा थिमि डोजो ८ स्वर्ण ५ रजत र ८ कास्यसहित टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा भक्तपुर मेन डोजो ५ स्वर्ण ३ रजत र २ कास्यसहित दोस्रो र नगदेश डोजो २ स्वर्ण, ४ रजत र ४ कास्यसहित तेस्रो भए ।
प्रतियोगितामा पुरुषतर्फ थिमि डोजोका अनिल र भक्तपुर मेन डोजोका करिष्मा तामाङ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन भने झौखेलका जेनिस मुल उदियमान खेलाडी घोषित भए ।


प्रतियोगितामा महिला ३५ केजी तौल समूहमा भक्तपुर मेन डोजोका पूर्णिमा खत्री प्रथम, विनायकका वर्षा श्रेष्ठ दोस्रो, विनायककै प्रविशा राई र नगदेशका अम्विना तामाङ तेस्रो भए । महिला ३० केजीमा भक्तपुर मेन डोजोका करिष्मा तामाङ प्रथम, दधिकोटका शोहिका श्रेष्ठ दोस्रो, झौखेलका अनुष्का सुवाल र थिमि डोजोका रितिका सापकोटा तेस्रो भए ।
महिला कातामा श्रेया रञ्जितकार थिमि डोजो प्रथम, युनेन उप्रेती दधिकोट दोस्रो विनायकका वर्षा श्रेष्ठ तेस्रो र नगदेशका मिस्ति श्रेष्ठ चौंथो भए । महिला खुलामा थिमि डोजोका श्रेया रञ्जितकार प्रथम र नगदेशका श्रृजा जोशी दोस्रो भए । महिला ५५ केजीमा थिमिका सिता मगर प्रथम र झौखेलमा स्वर्णिमा ह्यौमिखा दोस्रो भए ।
महिला ५० केजीमा नगदेशका मिस्ति श्रेष्ठ प्रथम, दधिकोटका युनेन उप्रेती दोस्रो, दधिकोटका नमूना खड्का र झौखलका प्रस्ना खड्का तेस्रो भए । महिला ४५ केजीमा थिमिका प्रतिभा मगर प्रथम, नगदेशका अस्मिता थापा दोस्रो, भक्तपुर मेन डोजोका हर्षिका श्रेष्ठ र गणेशस्थानका मदिमा योञ्जन तेस्रो भए ।


महिला ६० केजीमा झौखेलका कृतिका तज प्रथम र थिमि डोजोका प्राप्ती श्रेष्ठ दोस्रो भए ।
पुरुष ६० केजीमा भक्तपुर मेन डोजोका अभिषेक लामा प्रथम, थिमि डोजोका विशाल तामाङ दोस्रो, थिमि डोजोका निशान्त मोक्तान र एडभान्सका केशव श्रेष्ठ तेस्रो भए । पुरुष २५ केजीमा नगदेशका विष्णु थापा प्रथम, श्री संजय शाहीका विश्वदिप थापा, दा्स्रो, दधिकोटका युशेन उप्रेती र भक्तपुर नगरपालिकाका साहस तामाङ तेस्रो भए ।
पुरुष कातामा भनपाका साहस तामाङ प्रथम, दधिकोटका युशेन उप्रेती दोस्रो, थिमिका अमन विक र नगदेशका सम्राट तामाङ तेस्रो भए । पुरुष ३५ केजीमा झौखेलका जेनिश सुलु प्रथम, भक्तपुरका आयुष तामाङ दोस्रो, थिमिका आयुष लामा र भनपाका विपुल त्वायना तेस्रो भए ।
पुरुष ५५ केजीमा थिमिा सुशिल तामाङ दोस्रो, भक्तपुर मेन डोजोका युविन लामा दोस्रो र सिएलएका अञ्जल तामाङ र थिमिका प्रितम राई तेस्रो भए । पुरुष ४० केजीमा भनपाका सुमन सुवेदी प्रथम, भनपाका उदेश अवाल दोस्रो र थिमिका युशान राई र निलबाराहीका निशान मगराती तेस्रो भए ।


पुरुष ३० केजीमा भक्तपुर मेन डोजोका रोजित कासुला प्रथम, थिमिका अजय तामाङ दोस्रो र निलबाराहीका एलेक्स तामाङ र नगदेशका जेनिश राई तेस्रो भए । पुरुष २० केजीमा ड्यानिल ध्वजु प्रथम, रेशम सुवेदी दोस्रो, सुमित तामाङ तेस्रो भए ।
पुरुष खुल्लामा भनपाका सूर्य साँध प्रथम, नगदेशका समिप गौतम दोस्रो र थिमि डोजोका प्रसेन श्रेष्ठ र सिद्धार्थ श्रेष्ठ तेस्रो भए । पुरुष ५० केजीमा थिमिका अनिश श्रीवास्तव प्रथम, भक्तपुर मेन डोजोका प्रविण हाल दोस्रो र एडभान्सका मनिराज मगर र अनिल घर्तीमगर तेस्रो भए ।
पुरुष ४५ केजीमा थिमिका अनमोल श्रीवास्तव प्रथम, थिमिका राज शाही दोस्रो र दधिकोटका नवराज खड्का र झौखेलका शाहिल पाण्डे तेस्रो भए । पुरुष ६७ केजीमा थिमि डोजोका प्रमध श्रेष्ठ प्रथम र आयुष कपाली दोस्रो भए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले कराते पनि थिमिको पहिचान बोकेको खेल भएको चर्चा गर्दै खेलकुदमार्फत युवालाई अनुशासित बनाउ सकिने बताए । उनले नगरपालिकाले हरेक खेलको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, डोजोका प्रमुख पञ्चकृष्ण श्रेष्ठलगायतले थिमि कराते खेलको बारेमा चर्चा गरेका थिए ।