आगामी पुसमा तीन दिने मध्यपुर थिमि महोत्सव हुने

मध्यपुर थिमि, साउन ३२
मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमि महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाको बिहिवार बसेको नगर कार्यपालिका बैठकले आगामी पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर थिमि महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
महोत्सव आयोजनाको लागि प्रारम्भिक छलफल भइरहेको जानकारी दिँदैं नगर प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सव आयोजनाको लागि विज्ञसहितको समिति गठनको तयारी भइरहेको बताउनुभयो ।
महोत्सवमा मध्यपुर थिमिको पहिचान झल्काउने साँस्कृतिक प्रस्तुतीका साथै यहाँको पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोको भाँडा, सेरामिक्सलगायतको प्रदर्शन समेत हुने उहाँले बताउनुभयो ।
महोत्सवको तयारी मूल आयोजक समिति गठन पश्चात द्रुत गतिमा अगाडि बढाईने जानकारी दिँदैं महोत्सवमा मध्यपुर थिमि सम्पूर्ण क्षेत्रमा विविध कार्यक्रम आयोजना हुने उहाँले बताउनुभयो ।