पेरिस ओलम्पिकमा सुस्मिता र डुवान प्रारम्भिक चरणबाटै बाहिरिए

भक्तपुर, साउन १३
पेरिस ओलम्पिक २०२४ मा नेपाली खेलाडीहरुको निराशाजनक प्रदर्शन आइतवार पनि दोहोरिएको छ । ओलम्पिकमा आइतवार प्रतिष्पर्धा गरेका सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवान लामाले खराब प्रदर्शन गरेका छन । दुवै जनाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई समेत जारी राख्न सकेन ।
नेपाली सुटर सुस्मिता पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिए । १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ स्कोर गरिन् । उनी सहभागी ४४ खेलाडी मध्ये ४२ औं स्थानमा रहे ।


त्यसैगरी पौडीका नेपाली खेलाडी डुआना लामाले पनि निराशाजनक प्रदर्शन गरिन । २ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा उनले ७ खेलाडीमध्ये अन्तिम स्थान हासिल गरिन् । उनले २ मिनेट २०.७४ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । उनले आफ्नो २ मिनेट १२.४६ सेकेन्डको उत्कृष्ट प्रदर्शनलाई सुधार गर्न सकिनन् ।
कुल ६ खेलका ७ नेपाली खेलाडीले पेरिस ओलम्पिकमा भाग लिइरहेका छन् । जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।