नेसनल प्याव्सन भक्तपुर हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम

भक्तपुर, साउन ११
नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका आधारभुत तहको विद्यालय स्तरीय हिज्जे प्रतियोगितामा मदरल्याण्ड स्कुल प्रथम भएको छ । चाँगुनारायण नगरपालिका–२ स्थित ऋतम्भरा पाठशालाको आयोजनामा बुधवार सम्पन्न प्रतियोगितामा ईडेन गार्डेन स्कुल दोस्रो, सेन्ट जोन स्कुल तेस्रो स्थान हासिल गरे भने युनिटी स्कुलले सान्त्वना पुरस्कार जिते ।
प्रतियोगितामा १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा १० वटा स्कुलको प्रतिस्पर्धाबाट मदरल्याण्ड, सेन्ट जोन र एसएस सदन फाइनलका लागि छनोट भएको थियो ।
यस्तै दोस्रो चरणमा सहभागी विद्यालयहरुबाट ईडेन गार्डेन, युनिटी र ग्लीटर फ्युचर स्कुल फाइनल प्रवेश गरेका थिए । फाइनलमा ६ विद्यालयबीच प्रतिष्पर्धा भएको आयोजक ऋतम्भरा पाठशालाको शिक्षक तथा कार्यक्रम संयोजक अनिश खत्रीले जानकारी दिनुभयो ।


ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीको सभापतित्वमा सम्पन्न प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सोम प्रधान, चाँगुनारायण नगरपालिकाको शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेसनल प्याव्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड्का र नेसनल प्याव्सन जिल्ला अध्यक्ष सञ्जय खड्का लगायतले शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिएको नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले बताउनुभयो ।