यूरोकपको नकआउट समीकरण पूरा

भक्तपुर, असार १३
युरोपेली च्याम्पियनसिप (युरो कप) २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । बुधवार राती समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको प्रिक्वाटरफाइनलको समीकरण पूरा भएको हो ।
प्रतियोगिताको प्रिक्वाटरफाइनलमा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्ने छन् । त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । यी मध्ये एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन् ।
सहभागी २४ टोलीमध्ये समूह चरणबाट ८ टोली बाहिरिएका छन । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्ल्कि समूह चरणबाटै बाहिरिएका हुन ।
प्रिक्वाटरफाइनलका खेलहरु शनिबारदेखि र क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।