बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

भक्तपुर, मंसिर ९
बैंकिङ कसुर अन्तर्गत चेक अनादर मुद्दामा ४० लाख रुपैंया बराबरको बिगो सजाय तोकिएका फरार प्रतिपादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यपुर थिमि नगरपालिका–३ बस्ने राधादेबी श्रेष्ठ हुन ।
श्रेष्ठलाई भक्तपुर जिल्ला अदालतले गत भदौ १२ गते चेक अनादर मुद्दामा ४० लाख विगो जरिवाना हुने पैmसला गरेको थियो । उक्त पैmसलापछि फरार भएका श्रेष्ठलाई प्रहरीले गत आइतवार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो ।
प्रहरीले श्रेष्ठलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा विगो रकम तिर्न नसकेकोले २ वर्ष कारागार राख्न उनलाई कैदी पुर्जी सहित कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं चलान गरिएको छ ।