अवैध रुपमा माटो ओसारपसार गर्ने १२ वटा ट्रक प्रहरी नियन्त्रणमा

भक्तपुर, मंसिर ९
भक्तपुर प्रहरीले अवैध रुपमा माटो ओसारपसार गर्ने १२ वटा ट्रकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा माटो तथा बालुवा उत्खनन गरेको भन्ने जनगुनासो आएकोले प्रहरीले निगरानी बढाएको र सोही क्रममा माटो तथा बालुवा विक्रि प्रयोजनार्थका लागि लिएर हिडिरहेको १२ वटा सवारी साधनलाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त जागातीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो ।
ती ट्रकहरुलाई थप कारवाहीको लागि सम्बन्धित निकायमा पठाएको उहाँले जानकारी दिनुभयो ।