एकल महिलालाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण

भक्तपुर, मंसिर ९
मध्यपुर थिमि नगरपालिकाले एकल महिलाहरुको लागि मनोसामाजिक परामर्श तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाको सो प्रशिक्षण आयोजना गरेको हो ।
नगरका १ देखि ९ वटै वडामा रहेका एकल महिलाहरुका लागि मनोसामाजिक परामर्श तथा कानुनी व्यवस्था सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको शाखा प्रमुख रजिया चौधरीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा मनोपरामर्शदाता एवं अध्यापक अमिना श्रेष्ठले सहभागीहरुलाई मनोसामाजिक बारे परामर्श प्रदान गर्नुभएको थियो भने कानुनी अधिकारका बारेमा अधिवक्ता कबिता पाँडेले जानकारी दिनुभएको थियो ।
विशेषगरि सामाजिक विभेद एवं एकल तथा विधुवा महिलाहरुमाथी हुने गरेका कुरिती र दुव्र्यवहारबाट पर्ने मानसिक असरलाई न्यूनीकरण गर्नुका साथै सचेतनाका लागि प्रशिक्षण प्रदान गरिएको शाखा प्रमुख चौधरीले बताउनुभयो ।
प्रशिक्षणमा सहभागी महिलाहरुले मनोसामाजिक तालिम आफुहरुलाइ निकै जरुरी रहेको र आगामी दिनमा पनि मानसिक स्वास्थ सम्बन्धि थप जनचेतनामुलक कार्यक्रम गर्न सुझाव दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रम चालु आर्थिक वर्ष २०८२÷०८३ मा मध्यपुर थिमि नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाको पहिलो कार्यक्रम भएको शाखाकी साबित्रा भट्टराईले बताउनुभयो ।