श्री पद्म माविको १०२औ वार्षिकोत्सव सम्पन्न, विभिन्न विधामा दर्जनौं विद्यार्थी पुरस्कृत

भक्तपुर, मंसिर ८
वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले सरकारको उपेक्षामा परेको श्री पद्म माध्यामिक विद्यालयको भवन निर्माण गर्न विद्यार्थी अभियान थाल्ने बताउनुभएको छ ।
भक्तपुर दरबार स्क्वायर स्थित वि. स.१९८१ मा स्थापना भएको देशकै दोस्रो पुरानो हाई स्कूल पद्म माध्यमिक विद्यालयको १०२औं तथा पद्म कलेजको सोह्रौं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
“दशक बितिसक्दा भुकम्पले ध्वस्त बनाएको पद्म हाई स्कुलको संरचनालाई उठाउन नसक्नु पूर्व विधार्थीको नाताले मेरो निम्ति लज्जाको विषय बनेको छ । विद्यालयको १०१ शैक्षिक सत्रको इतिहासले हजारौं विद्यार्थीलाई शिक्षित बनाएर विशिष्ट ठाउँहरूमा पुर्याएको सत्य हो । तसर्थ ः सरकारले बजेट विनियोजन गर्यो कि गरेन भनेर मुख ताकिरहनु भन्दा हामी जस्ता विद्यालयकै पूर्व विद्यार्थीहरुले अभियान चलाएर भए पनि यो विद्यालयको भौतिक संरचना बनाउनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले यसमा आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्व्य इकाई भक्तपुर प्रमुख कमला ज्ञवालीले सीपयुक्त .शिक्षा र संस्कारसँगै दिनुपर्ने विद्यालयको जिम्मवारी भएको बताउनुभयो ।
विद्यालय शिक्षक , विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सहकार्यले अगाडी बढ्ने विद्यालयका पूर्व प्रधानाध्यापक राम गोपाल कर्माचार्यको बुझाई रहेको छ ।
आफु अध्ययन गर्ने बेला यसै विद्यालयमा काष्ठकला, व्यवसायिक कृषि , कखुरा पालन लगायत प्राविधिक सीपयुक्त शिक्षा दिइन्थ्यो तर पछिल्लो समय विविधताको नाममा शैक्षिक गुणस्तर खस्केको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुराजा जोशीले बताउनुभयो ।


यसैबीच विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई विभिन्न पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ । दाताहरुले स्मृतिकोष तथा छात्रवृत्ति कोषको स्थापना गरी शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने र गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई पुरस्कार र छात्रवृत्ति वितरण गरेको हो ।
सबैभन्दा ठूलो राशीको स्व. निरञ्जन नारायण धौभडेलको स्मृतिमा हाल अमेरिका निवासी उहाँका सुपुत्र प्रा. डा. मनोरञ्जन नारायण धौभडेलबाट स्थापना भएको स्मृतिकोषबाट नगद २५ हजार छात्रवृत्ति र विद्यालयको तर्फबाट प्रमाणपत्र र स्वर्ण पदक २०८१ को एसईई परीक्षामा ३.८७ जी.पि.ए. प्राप्त गरी उत्कृष्ट स्थान हासिल गरेका मनिष पुर्कुटीलाई प्रदान गरिएको छ ।
विद्यालयकी पूर्वशिक्षिका पद्म केशरी प्रधानाङ्गको तर्फबाट वहाँकी सासू भक्तपुर ६ चोछे निवासी चन्द्रकेशरी प्रधानाङ्गको नाममा छात्रवृत्ति कोष स्थापना गरी प्रदान गरिने एसईई प्राविधिक धार सिभिल इन्जिनियरिङ्गमा २०८१ को एसईई ३.५७ जी.पि.ए. ल्याउने उत्कृष्ट विद्यार्थी सौगात खत्री लाई २० हजार प्रदान गरिएको छ ।
भक्तपुर भोलाछें निवासी शिक्षासेवी स्व. माधवशंकर जोशी र वहाँकी धर्मपत्नी स्व. रत्नकेशरी जोशीको नामबाट वहाँकी सुपुत्री अमेरिका निवासी श्री अखण्डेश्वरी जोशीबाट प्रदान गरिने २०८१ को एसईई परीक्षामा ३.८३ जी.पि.ए प्राप्त गरी छात्रतर्फ उत्कृष्ट स्थान हासिल गर्न सफल युवराज थापा र ३.८५ जी.पि.ए प्राप्त गरी छात्रातर्फ उत्कृष्ट स्थान हासिल गर्न सफल अरुणा तामाङलाई जनही १५ हजार र विद्यालयको तर्फबाट प्रमाणपत्र सहित पुरस्कृत गरेको छ ।
यसैगरी शैक्षिक सत्र २०८१÷०८२ को कक्षा १२ को बोर्ड परीक्षामा सहभागी भएका सबै संकायका सम्पूर्ण विद्यार्थीहरु मध्ये उत्कृष्ट ३.४६ जिपिए अंक ल्याउन सफल भएका छात्रा मालवी तामाङलाई स्व. पञ्चलाल धौभडेल र कृष्ण शोभा धौभडेल स्मृतिमा स्थापित स्व. पञ्चलाल कृष्ण शोभा धौभडेल अक्षय कोषमार्फत् नगद ६ हजार छात्रवृत्ति प्रदान गरिएको छ ।
२०८२ मा अध्ययनरत विद्यार्थीहरुमध्येबाट वर्ग शिक्षकको सिफारिसमा लसता स्मृति प्रतिष्ठानबाट वितरण गर्ने गरिब तथा जेहेन्दार छात्रवृत्ति नगद ५ हजार बाट कक्षा ८ का विद्यार्थी कुसुम तामाङलाई पुरस्कृत गरिएको छ ।
लसता कायष्ठ स्मृति प्रतिष्ठानको तर्फबाट पिता स्व. नारायण भक्त हाडाको स्मृतिमा जयसुन्दर हाडाबाट विद्यालयमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीलाई प्रदान गरिने गरीब तथा जेहेन्दार छात्रवृत्ती ५ हजार यो वर्ष कक्षा ८ का छात्रा कृषा गाइजूलाई प्रदान गरिएको छ ।


विद्यालयका पूर्वप्रधानाध्यापक स्व. विष्णुचरण रायको स्मृतिमा उहाँका सुपुत्र विदुर चरण राय, इटाछे भक्तपुरद्वारा स्थापित स्व. श्री विष्णुचरण राय स्मृति प्रतिष्ठानबाट गरीब तथा जेहेन्दार छात्रवृत्ती ५ हजार यो वर्ष कक्षा १० का छात्रा निकिता वाइवाले प्राप्त गरेकी छिन् ।
यसैगरी २०५० सालको एस.एल.सी ब्याचका ७ जना विद्यार्थीहरु क्रमश वसन्ती प्रजापति, रामकेशरी कसलवट, राकेश सुवाल, जयेन्द्र प्रधानाङ्ग, रिदिप श्रेष्ठ, श्याम कर्माचार्य र रमिता धौभडेलबाट साधारणतर्फ जेहेन्दार छात्रवृत्ति १० हजार यो वर्ष कक्षा १० मा अध्ययनरत छात्रा रेश्मा ख्याजुलाई प्रदान गरिएको छ ।
विद्यालयका पूर्व गणित शिक्षक गीता राजभण्डारीकी स्वर्गीय माता मधुरादेवी प्रधानाङ्गको स्मृतिमा स्थापित छात्रवृत्ति २०८१ सालको नगर स्तरीय परीक्षामा गणित विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र प्रज्ञान राज र छात्रा योमिका राईलाई ५ ÷ ५ हजार प्रदान गरिएको छ ।
शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठान भक्तपुरबाट यस विद्यालयको कक्षा १२ मा २०८१÷०८२ राष्ट्रिय परीक्षा बोर्ड सानोथिमी भक्तपुरबाट संचालित बोर्ड परीक्षामा सहभागी भएका मध्ये व्यवस्थापन संकायतर्फ होटल त्यस्तै विद्यालयमा विभिन्न स्मृति कोष, छात्रवृत्ति कोष र गरिब तथा जेहेनदार छात्रवृत्ति कोष स्थापना गर्ने दाताहरुका साथै म्यानेजमेन्ट विषयमा उत्कृष्ट छात्रा यशोदा कुमारी मगरलाई नगद ७ हजार प्रदान गरिएको छ ।
२०४३ सालको एस.एल.सी व्याचका विद्यार्थीहरुबाट प्राविधिक धारतर्फ जेहेन्दार तथा अनुशासित छात्रवृत्ति स्वरुप कक्षा १२ मा अध्ययनरत छात्रा सितल सुनारलाई ५ हजारले पुरस्कृत गरिएको छ ।
।२०८१ मा कक्षा ८ मा अध्ययन गरी नगरस्तरीय परीक्षामा सामेल भई उत्कृष्ट अंक हासिल गरेका विद्यार्थी योमिका राईलाई विद्यालयको तर्फबाट नगद २ हजार ५ सय र प्रमाणपत्रवाट पुरस्कृत गरिएको छ ।
यसैगरी २०८१ को एसईईमा उत्कृष्ट ३.८७ अंक ल्याउन सफल भएका साधारण धार तर्फका छात्र मनिश पुर्कुटी र प्राविधिक धार सिभिल इन्जिनियरिङ्ग तर्फ ३.४६ प्राप्त गर्ने मालबी तामाङलाई विद्यालयको तर्फबाट प्रमाण पत्र र स्वर्ण पदक प्रदान गरिएको छ ।
यसैगरी विद्यालयको कक्षा इसीडी देखि कक्षा १० सम्मको २०८१ तथा २०८१÷०८२ बाट वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट पुरस्कृत गरेको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत १० दिने हस्तलेखन प्रशिक्षण पश्चात् आयोजित हस्तलेखन प्रतियोगितामा सहभागी भई प्रथम हुने आयुस्मा पराजुली कक्षा १२, द्वितिय स्मृती अधिकारी कक्षा १० सिभिल, तृतिय प्रज्वल सुन्चुरी कक्षा ८ लाई पुरस्कृत गरिएको छ ।
त्यस्तै २०८२ सालमा सञ्चालन भएका विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता, अन्तर सदन छात्र÷छात्रा भलिबल प्रतियोगिता, प्रतिभा प्रर्दशनी, स्पेलिंग कन्टेस्ट, तीज नृत्य प्रतियोगिता, पोर्टबलमा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको छ ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिकै पूर्व अध्यक्ष एवं समाजसेवी बाबुराजा जोशीलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो । विद्यालयमा निरन्तर २० वर्षदेखि कार्यरत शिक्षक ईश्वर कुमार घिमिरे र प्रशासन सहायक विरेन्द्र कर्माचार्यलाई विद्यालयको तर्फबाट दीर्घसेवा पदक तथा प्रमाण पत्रबाट सम्मान गरिएको प्रधानाध्यापक राम हाडाले बताउनुभयो ।