मध्यपुर थिमिमा गतवर्ष १० किलोमिटर सडक स्त्तोरन्नती

भक्तपुर, मंसिर ८
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८१÷०८२ मा करिव १० किलोमिटर सडक स्त्तोरन्नती गरेको छ । नगरपालिकाले नगरभित्रका सडकहरुमा कालोपत्रे, ढलान, ग्राभेल, ढुंगा छपाई र ब्लक छपाई गरी गत वर्ष ९ हजार ८५० मिटर सडक स्त्तोरन्नती गरेको हो ।
नगरपालिकाले गत वर्ष २ हजार ११७ मिटर सडक कालोपत्रे गरी पक्की गरेको हो । यस्तै १ हजार ४५२ मिटर ढलान, १ हजार ९०५ मिटर ग्राभेल गरी सडक स्त्तोरन्नती गरेको नगरपालिकाको योजना शाखाका प्रमुख कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार २ हजार ८५२ मिटर सडकमा ढुंगा छाप्नुका साथै १ हजार ५२५ मिटर सडकमा ब्लक छापेको छ । यस्तै १ हजार ८५२ मिटर सडकको सिमांकन गर्नुका साथै १ हजार ८०८ मिटर सडकमा ढल बिच्छ्याएको उहाँले जानकारी गराउनुभयो ।
उहाँले नगरपालिकाको सौन्दर्यकरणका लागि नगरभित्रकका सार्वजनिक जग्गा संरक्षण गरी मनोरञ्जन पार्क र बालउद्यान निर्माणमा जोड दिईएको उहाँले बताउनुभयो । नगरको सरसफार्इृलाई ध्यानमा राख्दै नगरपालिकाले गतवर्ष विभिन्न स्थानमा १४ वटा सार्वजनिक शौचालय निर्माण गरिएको र ती शौचालय सञ्चालनको लागि मोडालिटी निर्माण गरिरहेको बताउनुभयो ।
सार्वजनिक पूर्वाधार एवम् भवन निर्माणतर्फ गतवर्ष मध्यपुर थिमि नगरपालिकामा १० वटा सत्तल निर्माण गरिएको छ । यस्तै विहार, मासनघाट र क्रियापुत्री भवन एक÷एक वटा निर्माण गरिएको श्रेष्ठले बताउनुभयो ।
पर्यटन पूर्वाधारतर्फ १३ वटा पाटी, २ वटा पोखरी, ९ वटा मन्दिर, एउटा दरवार, इनार १० वटा, ४ वटा देवताको खट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।