बोडे मुलपानी सडकमा एक पुरुष मृत अवस्थामा फेला

भक्तपुर, कार्तिक ३०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे मुलपानी सडकको मनोहरा पुल नजिक एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । मृतक काठमाण्डौ महानगरपालिका–६ बस्ने ४२ वर्षिय शनि लामा हुन ।
उनको साथमा रहेको राष्ट्रिय परिचय पत्र र ब्लुबुकबाट परिचय खुलेको प्रहरीले जनाएको छ ।
रातो र सेतो मिसिएको ज्याकेट, निलो जिन्सको पाईन्ट, कालो मोजा र सेतो रंगको स्पोर्टस जुत्ता लगाएको पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) नवराज ढुंगानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको हो ।
प्रहरीले घटनास्थलको कानुनी रिटपूर्वक मुचुल्का कार्य गरि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।