जगाती र खरिपाटी प्रहरी चौकी तोडफोड र आगजनी गरेको आरोपमा ३ जना पक्राउ

भक्तपुर, कार्तिक २४
भक्तपुरस्थित प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा प्रहरीले सोमवार ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका–९ पलासे बस्ने २८ वर्षिय सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर हुने २६ वर्षिय छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरीपाटी ४६ वर्षिय सुरेश बास्तोला हुन ।
उनीहरु गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त जगाती र प्रहरी प्रभाग खरीपाटी आगजनी एवम् तोडफोडमा संलग्न भएको पाईएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश जुवेगुले जानकारी दिनुभयो ।