भदौ २४ को आगजनी तथा तोडफोडमा संलग्न ४ जना पक्राउ

भक्तपुर, कार्तिक २१
भक्तपुर प्रहरीले गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर थिमि ५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय, मध्यपुर थिमि–२, सानोथिमिस्थित प्रहरी प्रभाग तोडफोड र तथा आगजनी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३३ वर्षिय किरण दुवाल, सानोथिमि बस्ने कपिलवस्तुका २३ वर्षिय सागर मगर, रौतहट द्र्गा भवानी गाउँपालिकाका २४ वर्षिय संजित कुमार ठाकुर र रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भई सानोथिमि नगरगाउँ बस्ने १९ वर्षिय हिमाल श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जुवेगुले जानकारी दिनुभयो ।
उनीहरुलाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रनाउ जुवेगुले बताउनुभयो ।
यसैगरी भक्तपुर प्रहरीले गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा बिभिन्न कारागारबाट फरार भएका थप ५ जना कैदी बन्दीहरु पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको छ ।