बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

भक्तपुर, कार्तिक १८
भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई मंगलदवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका–२ घर भएका युवक हुन । उनलाई प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
ती युवकले सोमवार दिउँसो बालिकामाथि जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवक माथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।