लक्ष्मी गारु, भक्तपुर, कार्तिक १७
भक्तपुरको साथोथिमिस्थित बालसुधार गृहबाट गत शुक्रवार फरार भएका बाल बिज्याईकर्ता मध्ये सोमवार बिहान थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जोग राई हुन ।
गत १४ कार्तिक साँझ ४ बजे बालसुधार गृहको मूलढोकाको ताला फोडी २० जना बाल बिज्याईंकर्ताहरु फरार भएका थिए । ती मध्ये प्रहरीले सोही दिन १५ जनालाई नियन्त्रणमा लिएकोमा सोमवार थप एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार १४ वर्षिय तेन्जिङ शेर्पा, १७ वर्षिय दिपक सार्की, १८ वर्षिय विपिन शेर्पा, १६ वर्षिय माइकल तामाङ, १५ वर्षिय प्रल्हाद तामाङ, १५ वर्षिय, प्रज्वल कोइराला, १५ वर्षिय देबेन्द्र भण्डारी, १५ वर्षिय हस्त रोकायलाई शुक्रवार नियन्त्रणमा लिएको थियो ।
यसैगरी १४ वर्षिय अमर राय, १५ वर्षिय आशिष कोइराला, १७ वर्षिय हिमाल बहादुर शाही ठकुरी, वर्षिय छवि मगर, १३ वर्षिय कवि उपाध्याय, १५ वर्षिय रमेश दर्जी र १३ वर्षिय दिपक आलेलाई पनि प्रहरीले शुक्रवार नै नियन्त्रणमा लिएको थियो ।
फरार ४ जनाको अझै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





