भक्तपुर, कार्तिक ९
हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथली र मध्यपुर थिमि नगरपालिका ३ बुढाथोकी गाउँ जोड्ने हनुमन्ते खोलाको पुल नजिक रहेको राधाकृष्ण खानेपानी ट्यांकी नजिकै सो पेस्तोल फेला परेको हो ।
पेस्तोल फेला परेको स्थान नजिकै नेपाल यातायातको बसपार्क रहेको छ । गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।
घटनाको बारेमा ललितपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । सो पेस्तोल गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा प्रहरी चौकीबाट लुटिएको हुन सक्ने आशंका गरिएको छ । पेस्तोल फेला परेपनि प्रहरीले कसैलाई पक्राउ गरिएको छैन ।





