नेपाल सम्वत चेस स्पर्धामा निकेन कुसाथा विजयी

भक्तपुर, कार्तिक ५
नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा जिल्लाव्यापी बुद्धिचाल खेल सम्पन्न गरेको छ । बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको खेलमा ५२ जना प्रतिस्पर्धी मध्ये दोश्रो वरियताका निकेन कुसाथाले उपाधि जितेका छन ।
१९४६ रेटेड निकेनले सात चरणको खेलमा ६.५ अङ्क जोड्दै प्रथम स्थान हासिल गरेको हो । यससँगै उनले नगद पुरस्कार हात पारे ।
यस्तै १८८७ रेटेड विजय जतिले ६ अंक जोडेर प्रोग्रेसिभ ३०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरे । १७९२ रेटेड जगन्नाथ ताम्राकार समान ६ अंक जोडेर पनि उही प्रोग्रेसिभ २६.५ पोइन्टका आधारमा तृतीय बन्न पुगे ।


यसैगरी पहिलो बरियताका १९८८ रेटेड खेलाडी राजेश कक्षपतिले ५ अंक बनाएर चौथो स्थानमा रहँदै प्रतियोगिता को अन्त्य गरे । राजेशसंगै समान ५ अंक तर प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं देखि नवौं स्थानमा क्रमशः १८५१ रेटेड विकास कुलुजु, १९१६ रेटेड सुमन सुवाल, १७४२ रेटेड प्रेम खड्का, १८२२ रेटेड निर्मल सुवाल, १९१७ रेटेड राजाराम दुवाल र दशौं स्थानमा ४.५ अंक जोडेका १८७५ रेटेड गणेश अवाल रहे ।
भक्तपुर जिल्ला बुद्धिचाल संघले वर्षेनी यसै दिन बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आइरहेको संघका अध्यक्ष बद्री केदारले बताए ।
सो अवसरमा नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य निरञ्जन प्रजापतिले ‘नेपाल सम्बत् राष्ट्रिय सम्बत्’ न्हूदँ ११४६ को उपलक्ष्यमा नयाँ क्यालेण्डर प्रकाशन गर्दै तिथिमिथिको विषयमा पूर्ण जानकारी गराउने उद्देश्य पूरा भएको बताए ।