तिहारमा झिलिमिली काठमाण्डौं (फोटो फिचर )

भक्तपुर, कार्तिक ३
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन आज (सोमवार) बिहान कुकुर पुजा गरी साँझ लक्ष्मी पुजा गरेका छन । तिहारको दोस्रो दिन कुकुर तिहार भएपनि तिथि घटबढका कारण साँझ लक्ष्मी पुजा गरेको हो ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमवार साँझ ६ बजेपछि औंसी तिथि परेकोले तिहारको दोस्रो दिन नै लक्ष्मी पुजा गर्नुपरेको हो ।
तिहारलाई झिलिमिली पर्व रुपमा लिईन्छ । तिहारमा फुल र बत्तिले घर, कार्यालय, व्यापारिक प्रतिष्ठान सबै तिर झिलिमिली पार्दछ । उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ । लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाण्डौं उज्यालो देखिएको छ ।
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीबाट देखिएको झिलिमिली उपत्यका –