जबरजस्ती करणी मुद्दाका फरार कैदी भक्तपुरबाट पक्राउ

भक्तपुर, कार्तिक ३
गत भदौ २४ गते जगन्नाथदेव कारागारबाट भागेका एक कैदीलाई भक्तपुर प्रहरीले आइतवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा लेखनाथ महानगरपालिका–१६ बस्ने २९ वर्षिय निरज तामाङ रहेका छन ।
उनलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बेसीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जुवेगुले जानकारी दिनुभयो ।
जुवेगुका अनुसार तामाङ जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए । गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको प्रदर्शनका क्रममा तामाङ कारागारबाट फरार भएका थिए । उनलाई प्रहरी प्रभाग खरिपाटीको प्रहरी टोलीले पक्राउ गरिएको थियो । उनलाई सम्बन्धीत कारागारमा पठाएको प्रनाउ जुवेगुले जानकारी दिनुभयो ।