भक्तपुर, कार्तिक ३
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित मनोहरा सुकुम्बासी बस्तीको सडक छेउमा आइतवार ७ राउण्ड गोली बरामद भएको छ ।
प्रहरीका अनुसार ३०३ राईफलको ५ र एसएलआरको २ गरी ७ राउण्ड गोली बरामद भएको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जुवेगुले जानकारी दिनुभयो ।