भक्तपुर, असोज ३०
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थली मनोहरास्थित सुकुम्बासी बस्तीबाट प्रहरीले एक थान बन्दुक र ७ राउण्ड गोलीसहित बुधवार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ घर भई लोहकिल्थलीस्थित सकुम्बासी बस्तीमा बस्ने ४० वर्षिया गोपाल वि.क. रहेका छन ।
विशेष सुराकीको आधारमा प्रहरीले छापामारी वि.क.लाई एक थान बन्दुक र ५.५६ केएफ १३ लेखिएको ७ राउण्ड गोलीसहित पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उक्त बन्दुक र गोली गत भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको हो ।
वि.क.लाई हातहतियार खरखजना कसुरमा थप अनुसन्धानका लागि भक्तपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप भई कारवाही भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश जुवेगुले जानकारी दिनुभयो ।