भक्तपुर, असोज २२
सिरिजको अन्तिम तथा निर्णायक खेलमा आयोजक मलेसियालाई ५ विकेटले हराउँदैं नेपाली महिला टोलीले टि–२० आई सिरिज जितेको छ । नेपालले बुधवार सिरिज ३–२ ले जितेको हो ।
नेपालले १ सय ४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि ओपनर रुबी पोद्धारले २६ रन, पुजा महतोले २४ रन , कविता कुँवरले १४ जोडिन् ।
ओपनर सम्झना कुमारी खड्काले १३ र कप्तान इन्दु बर्माले ८ रन बनाइन् । रुविना क्षेत्रीले १५ रन र कविता जोशी १ रनमा नटआउट रहिन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । विनिफ्रेड दुरासिंगमले टोलीका लागि सर्वाधिक ४० रन बनाइन् ।
नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३ र रचनाकुमारी चौधरीले १ विकेट लिइन् ।
सिरिजमा नेपालले पहिलो खेल ३ विकेट र तेस्रो खेल १३ रनले गुमाएको थियो भने दोस्रो र चौंथो खेल समान ६ विकेटले जितेको थियो ।