शंखधर साकोसको मूनाफा ८५ लाख

भक्तपुर, असोज ११
मध्यपुर थिमि–४, स्थित शंखधर वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८१÷०८२ मा ८५ लाख २३ हजार २ सय ३५ रुपैंया मूनाफा आर्जन गरेको छ । जुन आ.व. २०८०÷०८१ को तुलनामा ५ लाख ६० हजार ६ सय ६९ रुपैयाँले बृद्धि हो । संस्थाको शनिवार सम्पन्न १८ औं वार्षिक साधारण सभामा सो जानकारी दिईएको हो ।
सभामा आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष न्हुछेराज बज्राचार्यले संस्थाले गत आर्थिक बर्ष २०८१÷०८२ को अन्तसम्ममा ३ हजार ५ सय १५ जना शेयरसदस्यहरुबाट ४ करोड ७१ लाख ४३ हजार ८ सय रुपैयाँको शेयर पुँजी संकलन गर्न सफल भएको बताउनुभयो ।
बज्राचार्यले संस्थाले सोही अवधिमा विभिन्न शिर्षकका वचत खाताहरुबाट ४९ करोड ८९ लाख ७ हजार ४ सय ५ रुपैया वचत संकलन गर्दै ३६ करोड २६ लाख ९७ हजार ४ सय ८५ रुपैयाँ ऋण लगानी गरेको समेत बताउनुभयो । संस्थाको जगेडा कोषमा ३ करोड ३४ लाख १८ हजार ५१ रुपैयाँ रहेको छ भने अन्य कोषमा ६४ लाख ६९ हजार ८ सय ८९ रुपैयाँ रहेको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट स्थापित शंखधर बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले गत आव २०८१÷०८२ मा ८५ लाख २३ हजार २ सय ३५ रुपैयाँ सञ्चालन नाफा गरेको छ । संस्थाको असोज ११ गते शनिवार सम्पन्न १८ औं बार्षिक साधारणमा वितरण गरेको बार्षिक प्रतिवेदनमा सो कुराको उल्लेख गरेको छ ।
सभामा सहकारी शिक्षा प्रदान गर्नुहुँदै भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले केही सहकारी संस्थाहरुले व्यक्ति केन्द्रीत तथा सहकारी नीति, नियम, ऐन भन्दा बाहिर गएर सञ्चालन गरेका कारण ती संस्थाहरु धरापमा परेको बताउनुभयो ।
सभामा संस्थाका अध्यक्ष श्यामकृष्ण बसि श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक उत्थान एवं आर्थिक विकास गरी समाज रुपान्तरणमा महत्व पूर्ण योगदान पु¥याउँदै आईरहेको बताउनुभयो । उहाँले संस्थालाई नीति, विधि र प्रविधिका साथ अघि बनाउनका लागि आवश्यक नीति, नियम तथा कार्यविधि तर्जुमा गरी लागु समेत गरिसकेको बताउनुभयो ।
सभामा सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले संस्थाले आ.व. २०८१÷०८२ मा गरेका विविध सामाजिक कार्यक्रमका साथै संस्थाको गतिविधिका बारेमा जानकारी गराउनुभयो । उहाँले सदस्यहरुलाई भेदभाव तथा पक्षपात रहित ढंगले सरल वित्तिय सुविधा उपलब्ध गराउने र सामाजिक तथा गैरवित्तिय क्रियाकलापहरुमा सम्पूर्ण सदस्यहरुलाई सक्रिय सहभागिता गराउने गरेको बताउनुभयो ।
सो अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु ज्ञानीलाल श्रेष्ठ र चेजलक्ष्मी श्रेष्ठलाई दोसाला ओढाई सम्मान गरिएको थियो भने नगदेशको सिद्धिगणेश नित्य भजन खलःको अक्षयकोष स्थापनाका लागि नगद ५० हजार सहयोग गर्नुका साथै सम्मान गरेको थियो ।
यसैगरी मध्यपुर थिमि नगरका चार सामूदायिक विद्यालयबाट एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याउन सफल चार जनालाई पनि सम्मान गरिएको थियो । संस्थाले बालप्रेमी माध्यमिक विद्यालयका मिनकुमार श्रेष्ठ, आदर्श माध्यमिक विद्यालय लाय्कुका कृजना प्रधान, गणेश माध्यमिक विद्यालय नगदेशका नविन कार्की र सिद्धिकाली माध्यमिक विद्यालयका नवल बाईवालाई छात्रवृत्तिसहित सम्मान गरेको थियो । यस्तै शेयर सदस्यका छोराछोरीहरुमध्ये एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने मानस श्रेष्ठ र अनुष्का माकजुलाई समेत विशेष सम्मान गरेको थियो ।
सभामा संस्थाका उपाध्यक्ष केशवमान श्रेष्ठ, लेखासुपरिवेक्षण समितिका संयोजक हिरारत्न बज्राचार्यलगायतले संस्थाको विविध गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।