भक्तपुर, असोज ११
मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित दिब्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १८ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष एवम् सल्लाहकार हरीलाल कुटुले स्थापनाकालदेखि नै सदस्यमुखी भई सञ्चालन भईरहेकोले अहिलेको चुनौतीपूर्ण अवस्थामा पनि दिव्यश्वरी सहकारीको आर्थिक अवस्था सवल भएको बताउनुभयो ।
उहाँले संस्थाका हरेक शेयर सदस्यले बेलाबेलामा संस्थाको भ्रमण गरी संस्थाको वस्तुस्थितीका बारेमा जानकारी लिन आग्रह गर्दै यसो गरे संस्थामा थप सवल बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष तिर्थलाल कुटुले अध्यक्षको प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले सहकारी मूल्य एवं मान्यताहरु तथा सहकारीका सिद्धान्तहरुको अधिनमा रही समुदायमा छरिएर रहेका स–साना पुँजीलाई संकलन गर्ने र सो संकलित रकमको अधिकतम परिचालन गरि सदस्यहरुको आर्थिक हितका लागि सरल र सजिलो किसिमले कर्जा प्रवाह गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो ।
संस्था संस्थापनाको १८ औं वर्षसम्म आईपुग्दा संस्थालाई एक सुरक्षित, प्रविधि मैत्री तथा भरपर्दो संस्थाको रुपमा स्थापित गराउन सफल भएको भन्दै अध्यक्ष कुटुले संस्थाले सदस्यहरुद्वारा सदस्यहरुको लागि भन्ने भावनाबाट अभिप्रेरित भई सञ्चालन भईरहेको बताउनुभयो ।
सोही अवसरमा संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष जगतकृष्ण प्रजापतिले संस्थाले गत आर्थिक बर्ष २०८१÷०८२ को अन्तसम्ममा शेयर पुँजी २ करोड ५० लाख २१ हजार २ सय रुपैयाँ पुगेको जानकारी गराउनुभयो ।
कोषाध्यक्ष प्रजापतिले सोही आवको अन्तमा संस्थाले विभिन्न शिर्षकका बचत खाताहरुबाट १८ करोड ८५ लाख २६ हजार २ सय ५२ रुपैयाँ बचत संकलन गर्दै १४ करोड ४२ लाख २८ हजार २ सय ९९ रुपैयाँ ऋण लगानी गरेको बताउनुभयो । त्यसैगरी सोही अवधिमा संस्थासँग जगेडा तथा अन्य कोषहरुमा १ करोड २४ लाख १८ हजार २ सय ३५ रुपैयाँ रहेको छ ।
सभामा संस्थाका सचिव अमृतप्रसाद श्रेष्ठले सोही आर्थिक वर्षमा भए गरेका विभिन्न सामाजिक गतिविधि सहितको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखासमितिका संयोजक जितबहादुर थापा, ऋण उपसमितिका सदस्य सुरेशकुमार था श्रेष्ठले संस्थाको लेखा र ऋण लगानीको बारेमा जानकारी गराउनुभएको पथयो ।
सभामा संस्थाका ज्येष्ठ सदस्य महिलातर्फ नजरीमाया कुटु र पुरुषतर्फ न्हुछेलाल द्वारे, संस्थाका असल ऋणी कुशल कुटु र उत्कृष्ट वचतकर्ता रिता प्रजापतिलाई सम्मान गरिएको थियो ।