भक्तपुर, असोज ८
भक्तपुरको सुर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दशैको लागि माटोको सामाग्री तयार गर्न निकै व्यस्त छन । बिहानदेखि बेलुकीसम्म फुसैद छैन । नजिकिन्दै आएको दशैंका कारण राती समेत काम गर्नु पर्ने व्यस्तता छ ।
दशैको घटस्थापना देखि सप्तमी, महाअष्टमी, महानवमी र बडादशैंको दिन पुजा गर्न आवश्यक पर्व सामाग्रीहरु बनाउन अहिले उहाँको परिवारलाई भ्याईनभ्याई भएको हो । “दशै आइसक्यो । अर्डरको सामान बनाउन अझै बाँकी छ । श्यामले भन्नुभयो, अहिले परिवारका सबै सदस्यहरु यसै काममा व्यस्त छन । छोराछोरी विहान र स्कुल छुट्टी पछि यसै काममा व्यस्त छन ।”
श्यामका बुबाआमा, श्रीमती, बहिनी, छोराछोरीहरु घटस्थापनामा पुजा कोठामा राख्ने गमला, सानो ध्याम्पो, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अंती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली लगायतका सामाग्री बनाउनमा व्यस्त छन । दशैंमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामाग्रीहरुको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । यही माग धान्न अहिले श्यामका परिवारका सदस्यहरु माटो मुछ्ने, भाडा बनाउने, सुकाउने, रङ्ग लगाउने, आगोमा राख्नेदेखि सम्पुर्ण तयारी गरी बजार लाने काममा व्यस्त छन ।
त्यसैगरी भक्तपुरको तालाक्को टोलका अर्को व्यवसायी सुन्दर प्रजापतिलाई पनि यतिबेला भ्याईनभ्याई छ । बिहान उठेदेखि दशैको अर्डरका लागि आएको सामाग्री बनाउने कार्यमा व्यस्त छन । दशै र तिहारको समयमा अर्डर आएका पर्व सामाग्र्रीहरु माग अनुसार समयमा पु¥याउन सके वर्षदिनका लागि घर चलाउन र बच्चाहरुको स्कुलको खर्च सजिलै पुग्ने, अरु बेला त्यतीधेरै व्यस्त हुन नपर्ने सुन्दर बताउँछन । उहाँले भन्नुभयो, “यो समयमा उपत्यका लगायत बाहिरी जिल्लाहरुबाट अर्डर आएका पर्व सामाग्रीहरु समय पु¥याउन सके खासै अरु बेला व्यस्त हुन पर्देन । यसैले वर्षदिनमा खान, लाउन र छोराछोरीको खर्च पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दशैं, तिहार र छठको लागि तीन महिना हो । अरु बेला फुर्सदमा काम गरेपनि खासै फरक पर्देन । यतीले वर्षदिनमा गुजारा गर्न सहज हुन्छ ।”
बजारमा विभिन्न आधुनिक सामानहरु भएपनि पर्वको समयमा माटोको सामाग्री बढी प्रयोग हुने भएकाले पनि यस्को व्यापार निकै फस्ताउँदै गएको व्यापरीहरु बताउँछन । यस व्यवसायमा लागत र परिश्रम अनुसार बढी आम्दानी हुने भएकाले पेशाप्रति नयाँ पुस्ताहरु आर्कषित भएको देखिन्छ ।
भक्तपुरमा दुई रुपैयाँ ५० पैसादेखि ९ सय रुपैयाँसम्मका पर्व सामाग्र्री उत्पादन हुन्छ । चाडपर्वको समय भक्तपुरको तालक्को र सुर्यविनायकको मात्र नभएर सुर्यमढी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र कुम्हालेहरुको परिवारका सदस्यहरु समेत पर्व सामाग्र्री बनाउने कायमा व्यस्त देखिन्छ । यो सयम अधिकासं कुम्हाले परिवारका सदस्यहरु भाँडा बनाउने, सुकाउने, रङ्ग लगाउने, बुट्टा राख्ने, मिलाएर बजार पठाउने कार्यमा व्यस्त छन् ।
भक्तपुरमा उत्पादन गर्ने पर्व सामाग्र्रीहरु नवदुर्गा देवगृह, तलेजु मन्दिर, एकान्त कुमारीको देवगृह, भक्तपुर नगर, काठमाडौ, ललितपुर, पनौती, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलीखेलसम्म पुग्ने व्यवासायी सुन्दर प्रजापतिले जानकारी दिनुभयो ।