भक्तपुर, असोज २
भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) माधव बुढाथोकीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार उहाँको सरुवा गरेको हो । उहाँलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तराष्ट्रिय ट्रमिनल भैरहवामा सरुवा गरिएको हो ।
यसैगरी भक्तपुरको प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक सूर्य बहादुर खड्कालाई ल्याईएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजना नक्सालमा कार्यरत एसपी खड्कालाई बुधवार गृहमन्त्रालयले प्रहरी परिसर भक्तपुरको प्रमुखमा सरुवा गरेको हो ।
यस्तै प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेको पनि सरुवा भएको छ । उहाँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तराष्ट्रिय उडान तर्फ काठमाण्डौंमा सरुवा भएको छ ।
प्रहरी परिसरमा डिएसपी प्रकाश जवेगुलाई ल्याईएको छ । डिएसपी जवेगुलाई इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट प्रहरी परिसर भक्तपुर ल्याईएको हो ।
भक्तपुरको प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरिक्षक (डिएसपी) रमेश बहादुर पालको पनि सरुवा भएको छ । डिएसपी पालको जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएको छ ।
प्रहरी वृत्त जगातीमा डिएसपी चञ्चला श्रेष्ठलाई ल्याईएको छ । नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखा नक्सालमा कार्यरत श्रेष्ठलाई जगाती वृत्तमा ल्याईएको हो ।