भक्तपुर, भदौ २९
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजबाट सेवा सूचारु गर्नेभएको छ । जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितीले गत भदौ २४ गतेदेखी अवरुद्ध भएको प्रशासनको सेवा आजबाट सूचारु हुन लागेको हो ।
प्रशासनले आजबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट र मुद्दालगायतका सबै सेवा सूचारु हुने प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जानकारी दिनुभयो । “आजबाट प्रशासनबाट सञ्चालन हुने सबै सेवा सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते प्रशासनमा तोडफोड र आगजनी हुँदा प्रशासनको मुद्दा शाखा, नागरिकता, राष्ट्रिय परिचयपत्र शाखा, सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा क्षती भएको थियो ।