जेनजीलाई संवादमा आउन राष्ट्रपतिको अपिल

भक्तपुर, भदौ २४
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलरत जेनजी पुस्तालाई संयमित भएर वार्तामा आउन अपिल गर्नुभएको छ । उहाँले लोकतन्त्रमा नागरिकले उठाएका माग वार्ता र संवादबाट समाधान गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रपतिले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन् । विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन् ।