लोहकिल्थली चोकको प्रहरी बिट जलाए

भक्तपुर, भदौ २४
भक्तपुरको मध्यपुर थिमि–१, लोकन्थलीस्थित प्रहरी बिटमा प्रदर्शनकारीले प्रहरी बिटमा आगजनी गरेका छन । प्रहरी बिट भत्काएर प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
आगजनी अघि एक दर्जन जति प्रदर्शनकारीहरुले आकासे पुलमा बसेर नाराबाजी गरेका थिए । त्यसपछि चोकमा पुगेर आगजनी गरेका प्रदर्शनकारीहरुको संख्या बढ्दै गएपछि सडक छेउमा रहेको प्रहरी बिट पल्टाएका थिए । त्यसक्रममा रुख पनि भाचेको थियो, सो रुखलाई प्रदर्शनकारीहरुले चोकमा ल्याएर आगजनी गरेका थिए ।
प्रदर्शनकारीहरुले चोकमा नाराबाजी र प्रदर्शन गरेपछि दिव्यश्वरी पार्टी प्यालेस नजिक बसेका सशस्त्र प्रहरी बलको टोली लोहकिल्थली चोक हुँदैं कौशलटारतर्फ गएका थिए ।