भक्तपुर, भदौ ७
भक्तपुर जिल्ला व्यापी एनप्याव्सन लोकनृत्य प्रतियोगितामा एकलतर्फ सुर्यविनायकको सेन्ट जोन स्कुलकी छात्रा बिबिसा तामाङ र सामूहिकतर्फ सुर्यविनायककौ प्रसादी पाठशाला प्रथम भएको छ ।
नगरकोटस्थित क्वालिटी स्कुलद्धारा शुक्रवार आयोजित प्रतियोगितामा सेकरिड् हार्ट एकेडेमी स्कुलकी छात्रा म्हारमेन तामाङ द्धितीय र सुर्यविनायकको यूनिटी स्कुलकी छात्रा दीपशिखा खड्का तृतीय हुनुभयो भने ईडेन गार्डेन स्कुलकी छात्रा सरिना भुषालले सान्त्वना पुरस्कार जित्नुभयो ।
नेपालको विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिताको सामूहिकतर्फको लोकनृत्यमा सुर्यविनायकको यूनिटी स्कुल द्धितीय, चाँगुनारायणको ऋतम्भरा तृतीय र ईडेन गार्डेनले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगिताका विजयी विद्यार्थी र विद्यालयहरुलाई नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शिल्ड, मेडल र प्रमाण–पत्रद्वारा पुरस्कृत गर्नुभयो । सो अवसरमा उहाँले नेसनल प्याव्सनले विभिन्न प्रतियोगिताहरु आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिइए अनुसारको कार्यक्रम भइरहेको बताउनुभयो ।
आयोजक स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका सल्लाहकार जीबी खड्काको सभापतित्वमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा एकल तर्फ १३ वटा स्कुल र सामूहिक तर्फ १८ वटा स्कुलको सहभागिता रहेको थियो ।