भक्तपुर, भदौ ४
भक्तपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी गृहमन्त्रालयका सहसचिव नमराज घिमिरेलाई जिम्मेवारी दिईएको छ । गृहमन्त्रालयले बुधवार भक्तपुरको प्रजिअको जिम्मेवारी घिमिरेलाई दिएको हो ।
भक्तपुरका प्रजिअ भरतमणी पाण्डेको सरुवा भई भन्सार विभाग पुगेपछि गृहले घिमिरेलाई सरुवा गरेको हो । पाण्डेलाई गत असार ५ गते मात्र गृहले भक्तपुरको प्रजिअमा सरुवा गरेको थियो । पाण्डेलाई दुई महिना नपुग्दै अर्थ मन्त्रालय सरुवा गरेको हो ।
यसैगरी गृहले काठमाण्डौं र ललितपुरका प्रजिअको पनि सरुवा गरेको छ । जस अनुसार काठमाण्डौंका प्रजिअ ऋषिराम तिवारीलाई गृह मन्त्रालय तानेर छविलाल रिजाललाई पठाइएको छ । ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ ।