नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश अध्यक्षमा अष्ट कवे निर्विरोध निर्वाचित

भक्तपुर, भदौ १
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश समितिको अध्यक्षमा अष्ट कवे निर्विरोध निर्वाचित हुनुभएको छ । संघको आइतवार मध्यपुर थिमिको लोहकिल्थलीमा सम्पन्न प्रथम अधिवेशनले कवेलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा तेज डंगोल, महिला उपाध्यक्षमा सुनिता मैनाली, सचिवमा उज्वल श्रेष्ठ, चार जना सहसचिवमा अमृत लुङ्गवा, गौरव बस्नेत, पूर्णबहादुर गुरुङ्ग, निरज खड्का, कोषाध्यक्षमा रविन्द्रमान महर्जन निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष कवेले जानकारी दिनुभयो ।
यसैगरी कार्यसमिति सदस्यहरुमा कविन व्यञ्जनकार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत, केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपाल बहादुर तामाङ्ग, शुक्रबहादुर माझी, तेजनारायण पसछें, बुद्धिमान स्याङ्ताङ, राजेश राउत, विक्रान्त बिष्ट निर्विरोध निर्वाचित भएका छन ।
यस्तै अधिवेशनबाट महिला सदस्यहरुमा गरिना आचार्य, मिना पौडेल, विष्णु कुमारी बस्नेत, सरिता खड्की र सुनकुमारी लामा निर्विरोध निर्वाचित भएको कवेले बताउनुभयो ।