भक्तपुर, साउन २७
नेपाली सेनाका एक हवल्दारको शव हनुमन्ते खोलामा फेला परेको छ । रामेछाप स्थायी घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा बसोबास गर्दै आएका दिपक कुमार खड्काको शव भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित हनुमन्ते खोलामा फेला परेको हो ।
उनी नेपाली सेना जगदल गण छाउनीमा कार्यरत हवल्दार रहेको प्रहरीले जनाएको छ । दिउँसो करिब साढे १ बजे थापाको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
थापाको शव नेपाली सेनाको ट्रयाकसुटमै फेला परेको हो । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।