तीज गीत ‘छमछम पाउजु खनखन चुरा’ सहित तीन गीत सार्वजनिक

भक्तपुर, साउन २२
राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि.को ब्यानरमा तयार पारिएको तीज गीत ‘छमछम पाउजु खनखन चुरा’सँगै तीन नयाँ गीत बुधवार सार्वजनिक गरिएको छ । तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरू सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको तीज गीत ‘छमछम पाउजु खनखन चुरा’को को शव्द गायक तथा गीतकार कपिल कसपालले लेखेका हुन् । गीतमा स्वर टुना थापा र कपिल कसपालको रहेको छ भने संगीत बिबि अनुरागीको रहेको छ ।
गीतको भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका छन् भने गीतमा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ । गीतमा मोडलको रूपमा गायक कपिल र गयिका टुना थापाले नै नृत्यमा रमाइलो ठुम्का लगाएका छन् । गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ ।


सोही अवसरमा ‘नेपालको छोरा’ र ‘नेपालकी छोरी’ गीतलाई पनि सार्बजनिक गरिएको थियो । यी दुई गीतलाई भने केही दिन पछी युटुबमा सार्वजनिक गरिने गायक तथा गीतकार एवम् राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि.का प्रमुख कपिल कसपालले जानकारी दिनुभयो ।
‘नेपालको छोरा’ गीतमा शब्द तथा स्वर कपिल कसपालको रहेको छ भने सङीत बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझीको रहेको छ । ‘नेपालको छोरी’ गीतमा आवाज टुना थापा, शब्द कपिल कसपाल तथा संगीत भुपेन्द्र रायामाझी को रहेको छ । दुवै गीतको भिडियोको निर्देशन निशान एस के ले गरेका छन ।
राग रागिनी इन्टरटेन्मेन्टका कार्यकारी अध्यक्ष कपिल कसपालको सभापतित्वमा सम्पन्न गीत सार्वजनिक कार्यक्रममा पूर्व अर्थ मन्त्री तथा गीतकार एस. पि . कोइराला, वरिष्ठ संगीतकार तथा प्राध्यापक दिपक जङम, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार किरण कंडेल, गायक भिम तुलाधर, सुनिल उप्रेती, बुद्धवीर लामा, गोपाल कर्माचार्य लगायतका व्यक्तित्व सहित सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।