भक्तपुर, साउन १९
नेपाल तरुण दल भक्तपुर प्रदेश सभा २ (ख) क्षेत्रीय समितिको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित हुनुभएको छ । तरुण दलको सोमवार सम्पन्न निर्वाचनमा श्रेष्ठ ३६ मतका साथ निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिष्पर्धी सुनिल श्रेष्ठले १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सजन कार्कीले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा विनोद प्यानलकै आयुष जंग खड्का निर्वाचित हुनुभयो । उहाँले ३६ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धी सुशन डंगोलले १८ प्राप्त गर्नुभयो ।
यस्तै सचिवमा विवेक तको ३४ मतका साथ निर्वाचित हुँदा किरण प्रताप सिंह रोकाह क्षेत्रीले २१ मत प्राप्त गरेको कार्कीले बताउनुभयो । निर्वाचित तको विनोदको प्यानलका हुन । यसअघि कार्यसमितिका सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए ।
यसैगरी प्रदेश सभा क्षेत्रीय समितिको प्रतिनिधित्व गर्ने प्रदेश प्रतिनिधितर्फ खुल्लामा सुजन कारंजित ३७ र किसन मानन्धर ३७, महिला प्रतिनिधिमा सन्ध्या होना ३८, आदीवासी जनजातीमा राजकृष्ण प्रजापति ३७ र खसआर्यमा गंगा खड्का ३७ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो ।