पुर्णिमा संकटामा अनुबन्ध

भक्तपुर, साउन १८
नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले संकटा क्लबमा अनुबन्ध भएकी छिन् । क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै पुर्णिमा संकटामा अनुबन्ध भएको जानकारी दिएको हो । क्लबका अनुसार टोलीमा यु–२० टोलीबाट पुर्णीमा सहित अन्य आधा दर्जन खेलाडी अनुबन्ध भएका छन् ।
संकटाले आगामी साउन २७ बाट सुरु हुने महिला लिग छनोटलाई लक्षित गरी पुर्णिमासहितका खेलाडी अनुबन्ध गरेको हो । छनोट प्रतियोगितामा १४ टोलीको सहभागीता रहनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । छनोट प्रतियोगिताका १४ टोली मध्ये ५ टोलीले महिला लिगमा स्थान पक्का गर्नेछन् ।
संकटा छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ । समूह ‘बी’ मा संकटा सहित एनआरटी, बुटवल लुम्बिनी एफसी, पोखरा गल्र्स एफसी, झापा एफसी, लम्कि फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।
त्यस्तै समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड क्लब, छहारी फुटबल क्लब, राप्ती एफसी, आरएस रिसोर्ड एण्ड बीच एफसी र एफसी रियली छन् । संकटाले प्रतियोगिताको पहिलो खेलमा नेपाल खेलकुद क्लबको सामना गर्नेछ ।