भक्तपुर, साउन १२
इङ्गल्याण्डले महिला युरो कप २०२५ को उपाधि जितेको छ । स्विटजरल्यान्डमा गएराती सम्पन्न फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै इङ्गल्याण्डले उपाधि जितेको हो । खेलको निर्धारित र थप समयमा १–१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको हो ।
इङ्गल्याण्डको जितमा क्लोई केलीले निर्णायक गोल गरिन । उनको गोलमा ले इङ्गल्याण्डको जित निश्चित भएको हो । युरो २०२२ को वेम्ब्ली सम्पन्न फाइनलमा पनि उनले निर्णायक गोल गर्दै इङ्गल्याण्डलाई उपाधि दिलाएका थिए ।
इङ्गल्याण्डले फाक्ष्नलमा दुई पटक पुनरागमन (कमब्याक) गर्दै उपाधि जितेको हो । निर्धारित समयमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल गर्दै खेलमा पेनाल्टी सुटआउटमा पु¥याएको इङ्गल्याण्डले पेनाल्टी सुटआउटमा पनि पछि परेको अवस्था उल्ट्याउँदै उपाधि जितेको हो ।
पेनाल्टी सुटआउटमा पहिलो प्रहार गरेका इङ्गल्याण्डका मेडको प्रहारलाई स्पेनिस गोलकिपरले बाँयातर्फ डाइभ दिँदैं बचाएका थिए । यसअघि मेडको प्रहार गोलमा परिणत भएपनि रेफ्रीले इरेगुलर प्रहार भन्दै रद्ध गरेका थिए ।
स्पेनका गुइजारोको प्रहार गोलमा परिणत भएपछि खेलमा स्पेनले अग्रता लिएको थियो । इङ्गल्याण्डका ग्रिनउडको प्रहार गोल भएपछि खेल बराबरीमा आयो । त्यसपछि स्पेनका कल्डेन्टीको प्रहार इङ्गल्याण्डका गोलकिपर चुक्ताहाना ह्याम्पटन र खेल बराबरीमा राख्न सफल भइन ।
इङ्गल्याण्डको तर्फबाट तेस्रो पेनाल्टी प्रहार गर्न आएकी कार्लेसले गोल गर्दै टोलीलाई अग्रता दिइन भने चुक्ताहाना ह्याम्पटनले स्पेनका वोनमतीको प्रहारलाई रोकेर टोलीको अग्रता कायम राखिन ।
इङ्गल्याण्डका कप्तान विलियम्सनको प्रहार स्पेनी गोलकिपर क्याटाकोलले दाँयातर्फ डाइभदिँदैं बचाएपछि स्पेनको आशा कायम राखिन । स्पेनको चौंथो पेनाल्टी प्रहार गर्न आएकी पारालुइलोको प्रहार बाहिरियो । त्यसपछि इङ्गल्याण्डका क्लोई केलीले गोल गर्दै उपाधि दिलाइन ।
यसअघि निर्धारित समयको २५ औं मिनेटमा मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर इङ्ल्यान्डले हार मानेन ।
चोटको शंकाबीच पनि सुरुवाती ११ मा स्थान पाएकी लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीले खेलमा नयाँ ऊर्जा ल्याइन् । उनले दिएको क्रसलाई अलेसिया रुसोले ५७ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् ।
इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको पहिलो ठूलो उपाधि हो । साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपेली उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको रूपमा स्थापित गरेकी छन् ।
इङ्ल्यान्डले युरोको फाइनलमा पहिलो हाफमा पछि परेपनि जित निकाल्नेको पहिलो टोली बनेको छ । उनीहरूले फेरि एकपटक आफूलाई ‘कमब्याक क्विन’ प्रमाणित गरे । इङ्ग्ल्यान्ड युरोमा चौथो पटक पछाडि पर्यो । नकआउटका सबै ३ खेलमा पहिलो गोल खाँदै आएका थिए ।