भक्तपुर, साउन ११
नेपाल तरुण दल मध्यपुर थिमि नगर समितिको अध्यक्षमा सविन डंगोल निर्वाचित हुनुभएको छ । तरुण दलको आइतवार थिमिमा सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी प्रज्वल साँझ्यालाई पछि पार्दै डंगोल अध्यक्षमा निर्वाचित हुनुभएको हो । डंगोलले ५४ प्राप्त गर्दा साँझ्याले ४८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुजन कार्कीले जानकारी दिनुभयो ।
गत साउन ६ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्नुभएको तरुण दलको अधिवेशनको नयाँ नेतृत्व चयनका लागि आइतवार निर्वाचन भएको हो ।
निर्वाचनमा नगर समितिको उपाध्यक्षमा राजु सिपाई ५७ मतका साथ निर्वाचित भएको छ । उपाध्यक्षका अर्का उम्मेदवार अनिल श्रेष्ठले ४६ मत प्राप्त गरे । सचिवमा सेचन्द्र सुवेदी ५३ मतका साथ निर्वाचित हुँदा अर्का प्रतिष्पर्धी सुनिल खड्काले ४८ मत प्राप्त गरेको कार्कीले बताउनुभयो । उपाध्यक्षमा निर्वाचित सिपाईं र सचिवमा निर्वाचित खड्का दुवै जना साँझ्याको समूहका हुन ।
यसैगरी अधिवेशनले कार्यसमिति खुल्ला सदस्यमा अनिल प्रजापति ५९, स्वयम श्रेष्ठ ६३, अजय प्रजापति ५६, नविन चक्रधर ६० मतका साथ निर्वाचित भएका छन । दलित महिला सदस्यमा सुजिता घतानी ५७ मतका साथ निर्वाचित भएको कार्कीले बताउनुभयो ।
यसअघि कार्यसमिति सदस्य महिलामा अनिसा के.सी. र वरिस्ता प्रजापति, खस आर्यमा इशान आचार्य, आदीवासी जनजातीमा रविना अवाल, दलित खुल्लामा सुजन देउला र अल्पसंख्यक तथा फरक क्षमता भएका सदस्यमा सुयस श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो ।
यसैगरी नगर समितिबाट प्रतिनिधित्व गर्ने जिल्ला प्रतिनिधिहरुमा खुल्लाबाट राकेश श्रेष्ठ ५६, किसन मानन्धर ५३, खुल्ला महिलाबाट कृष्णा भण्डारी ५६, खसआर्यबाट आय्ुसजंग खड्का ५१, आदीबासी जनजाती महिलाबाट हिसिला कुमाल प्रजापति ६३, आदीबासी जनजाती पुरुषबाट रोहित कुटु ५१, दलित महिलाबाट ज्वाला नेपाली ५५, दलित पुरुषबाट संग्राम कोइराला सार्की ५३ र अल्पसंख्यक तथा फरक क्षमता भएकाबाट चकना होना ५५ मतका साथ निर्वाचित भएको कार्कीले बताउनुभयो ।
तरुण दल मध्यपुर थिमि नगर समितिको निर्वाचनमा १०५ जना मतदाता छन । ती मध्ये १०३ मत खसेको थियो ।