भक्तपुर, साउन ११
वर्ल्ड यूथ सभात च्याम्पियनसिपमा नेपालका बसिल तोयनाले रजत पदक जीतेका छन । उज्वेकिस्तानको तासकेन्ट शहरमा जुलाई २३ देखि २७ सम्म चलेको च्याम्पियनसिपमा नेपालका बसिल फ्रान्सका मलभिन पेरिईसँग फाइनलमा पराजित भएपछि रजत पदकमै चित्त बुझाउनु परेको हो ।
सभातको ८०–८५ केजी तौल समूह प्रतिष्पर्धा गरेका बसिलले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानका जिदिरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरेका थिए । दोस्रो खेलमा अजरबैजानी खेलाडी महमद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुलेका बसिलले तेस्रो खेलमा फ्रान्सका खेलाड़ी मलभिन पेरिईबाट वाकओवर पाएर ९ अंक बटुली फाइनल प्रवेश गरेका थिए ।
सभात खेलको जन्मदाता फ्रान्सको खेलाडीसँग फाइनलमा भिड्न पाउनु गर्वको विषय भएको नेपाल सभातका संस्थापक अध्यक्ष तथा टिम कोच एवं एसियन सभात कन्फिडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए ।
कÞरिब दुइ बर्ष अगाडि मात्र नेपाल भित्रियको यस खेललाई राज्यका तीनै तहका सरकारले लगानी गरी सहयोग गरे नेपाललाई सभात खेलको पावर हाउस मध्ये एक बनाईं विश्वमा नेपालको शिर उच्च राख्न सक्ने आत्मविश्वास रहेको प्रशिक्षक बस्नेत बताए ।