भक्तपुर, साउन १०
नेपाल बार एशोसियसन भक्तपुर जिल्ला अदालत इकाईको अध्यक्षमा रामसुन्दर खाईतु निर्वाचित हुनुभएको छ । भक्तपुर बार इकाईको आज (शनिवार) सम्पन्न निर्वाचनमा खाईतु १३४ मतका साथ निर्वाचित हुनुभएको हो ।
उहाँका निकटम प्रतिष्पर्धी सरोजकुमार तुँछेंले १०७ मत ल्याउनुभयो भने अर्को प्रत्याशी गम्भिरमान ज्याख्वले ३० मत प्राप्त गर्नुभयो । खाइतु नेपाल डेमोक्रेटिक्स लर्यस एशोसियसन (डिएलए)का तर्फबाट उम्मेदवार बन्नु भएको भने तुँछे डिएलएका बागी उम्मेदवार हुन । तुँछेंले बृहत लोकतान्त्रिक, प्रगतीशील, गणतान्त्रिक, राष्ट्रवादी, समाजवादी एवम् स्वतन्त्र पेशागत कानून व्यवसायी समूहको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।
निर्वाचनमा डिएलएका आधिकारिक उम्मेदवारहरु मध्ये कार्यसमिति सदस्य एक जना बाहेक सबै निर्वाचित भएका छन । भक्तपुर बारको उपाध्यक्षमा प्रियकुमार थापा १२९ मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी शम्भु प्रसाद दाहालले ११४ मत प्राप्त गर्नुभयो ।
यसैगरी सचिवमा अनिश सुवाल निर्वाचित हुनुभयो । उहाँले १५१ मत ल्याउँदा अर्का उम्मेदवार रामभक्त सुवालले १०४ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा शेषांश गिरी निर्वाचित हुनुभयो । उहाँले ११६ मत प्राप्त गर्नुभयो भने प्रतिष्पर्धी सुमन श्रेष्ठले १११ र महेन्द्र खायमलीले ३५ मत प्राप्त गर्नुभयो ।
सहसचिवमा निर्मला सुवाल १६६ मतका साथ निर्वाचित हुँदा प्रतिष्पर्धी रिता कार्की खत्रीले ८९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा कल्पना कोजु निर्वाचित हुनुभयो । उहाँले १३८ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी रामेश्वरी श्रेष्ठले १०३ मत प्राप्त गर्नुभयो ।
कार्यसमिति सदस्यहरुमा सुन्दर पुरी १०२, किरण गाइजु १२८, राजेश्वरी प्रजापति १२८, विष्णुराम न्हुछें १२४, संजिवप्रसाद दुलाल १११, सुमन कार्की ११३ र कान्छी विति प्रजापति १०६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत किरण न्यौपानले बताउनुभयो । निर्वाचित मध्ये सदस्य मध्ये प्रजापति तुँछे. प्यानलका हुन ।
यसैगरी पार्षदहरुमा बालकृष्ण प्रजापति, हिमप्रकाश प्रजापति, धर्मरत्न खाइतु, राम बाबु फुयाल, ईन्दिरा न्यौपाने, तारा पोखरेल, राधिका गोसाईं, सुमित्रा मल्ल, प्रकाश धौवञ्जार, विक्रम बखुन्छें, प्रदिप कार्की, कुस्माकर सापकोटा, अञ्जना बासुकला, तुइलाल श्रेष्ठ र विकास त्वँजु निर्वाचित भएको निर्वाचन अधिकृत न्यौपानले बताउनुभयो । छन ।
भक्तपुर बारमा २९२ सदस्य छन । ती मध्ये शनिवार सम्पन्न निर्वाचनमा २७६ मत खसेको थियो ।