दिदीबहिनी एउटै डोरीमा झुण्डिएर मृत अवस्थामा फेला

भक्तपुर, साउन ८
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ सिन्टिटारमा डेरा गरी बस्ने दुई किशोरी आज (बिहिवार) बिहान एउटै डोरीमा झुण्डिएर मृत अवस्थामा फेला परेको छ ।
स्थानीय निरज चक्रधरको २ तले ट्रष्ट घरको भुई तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षिया मेनुका कँडेल र १५ वर्षिया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै नाइलनको डोरी झुण्डिएर मृत अवस्थामा फेला परेको हो । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।
घरधनीका अनुसार दुई साता अघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।
मृतक आफन्त सम्पर्कमा आइसकेकोले उनीहरु आएपछि मात्र घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुंगानाले बताउनुभयो । लक्ष्मी गारु