जिम्न्याष्टिक संघको अध्यक्षमा पुनः प्रधान

भक्तपुर, साउन ५
नेपाल जिम्न्याष्टिक संघको शनिवार सम्पन्न केन्द्रीय साधारणसभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । संघीय सांसद समेत रहेका प्रधान नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष हुन् ।
जिम्न्याष्टिक संघको ६ उपाध्यक्षमा बाबुराम थापा, दीपकृष्ण प्रजापति, सुशिलप्रकाश प्रधान, वचन देउजा, प्रमिला सिंह श्रेष्ठ र राजकुमार कार्की निर्वाचित भएका छन । त्यस्तै मुकुन्दराज शर्मा महासचिव, रामप्रसाद बस्याल र डा. कुस्मिला आचार्य सचिव, सुनिलमान सिंह कोषाध्यक्ष र संगिता खड्का सह कोषाध्यक्ष चुनिए ।
साधारणसभाले सूर्यबहादुर अधिकारी, श्रीप्रसाद कोजु, विष्णुनारायण ग्वाछा, निरज थापा, शिवप्रसाद गौतम, राजु केसी, राजु कायश्थ, पर्मेश्वर जोशी, राजेशमान श्रेष्ठ र विवेकानन्द चौधरीलाई सदस्यमा चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले प्रमाण पत्र प्रदान गरे । त्यसअघि साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए । साधारण सभामा एजियुका प्रतिनिधि कौशिककुमार बिडिवालाको पनि उपस्थिति थियो ।