भक्तपुर, साउन ५
कोरियाको सिओङनाम ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र १ कास्य सहित ७ पदक जितेको छ । च्याम्पियनसिपमा नेपालका सीता तामाङ र प्रेम बहादुर लिम्बुले २ स्वर्ण पदक जितेका छन् । ४० वर्ष उमेर समूहमा उनीहरूले इन्डिभिज्योल र पेयरतर्फ दुई स्वर्ण जितेका हुन् ।
३० वषको उमेर समुहमा रमिला तामसङले इन्डिभिज्योलतर्फ स्वर्ण पदक जितिन् । जित बहादुर बोट र अञ्जन चौधरीको जोडीले ४० वर्ष उमेरमा स्वर्ण पदक जित्यो ।
इन्डिभिज्योलतर्फ जितले रजत र अञ्जनले कास्य पदक जिते । यो प्रतियोगितामा ५ खेलाडीको सहभागिता रहेको थियो ।
यस्तै पार्क चुंग–ही कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अश्मिन राउत र निशा दर्नालले समान एक स्वर्ण र एक रजत पदक प्राप्त गरेका छन् । ३० वर्षको उमेर समूहमा उनीहरुले पेयरतर्फ रजत र इन्डिभिज्योलतर्फ स्वर्ण पदक जिते ।