जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सिरुटारबाट १२ जना पक्राउ

भक्तपुर, असार ३
भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरुटारमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ । स्थानीय ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।