भक्तपुर, जेठ ४
मध्यपुर युथ एशोसियसनले बि डिभिजन लिगमा चौंथो जित निकालेसँगै रेलिगेसन खतरा टरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा आइतवार सम्पन्न खेलमा मध्यपुर युथले बाँसबारी क्लवलाई १–० ले पराजित गर्दै रेलिगेसन खतरा टरेको हो ।
मध्यपुर युथको जितमा साहिल केसीले खेलको ६५ औं मिनेटमा गोल गरे । खेलमा थप गोल नभएपछि साहिलको गोल निर्णायक बनेको हो ।
जितसँगै मध्यपुर युथको १२ खेलबाट १५ अंक पुगेको छ र यसपटक बि डिभिजनको सिट सुरक्षित राख्न सफल भएको छ । मध्यपुर युथ अंक तालिकाको ठ औं स्थानमा उक्लेको छ । पराजित भएको बाँसबारीको पनि समान खेलबाट १५ नै अंक रहेको छ र अंक तालिकाको ८ औं स्थानमा रहेको छ ।