लुम्बिनी, जेठ २ गते ।
लुम्बिनीमा आज दिउँसो तेज हावाहुरीका साथ पानी परेको छ ।
विगत केही दिनदेखि प्रचण्ड गर्मीले जनजीवन कष्टकर भइरहेको थियो । वायुको तापक्रम ४० डिग्री नाघिरहेको अवस्थामा दिउँसो ३ बजेतिर अचानक हावाहुरीका साथ पानी पर्नाले यहाँको तापक्रम केही मात्रामा घटेको छ । जसले यहाँका स्थानीयवासीले केही राहतको महसूस गरेका छन् ।