पर्यटन प्रवद्र्धनकालागि मध्यपुर महोत्सव–नगर प्रमुख श्रेष्ठ

पुस्तक विमोचन मध्यपुर थिमि, १९ मङ्सिरः नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा प्रकाशित रेडक्रस स्मारिका विमोचन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख व

भक्तपुर, मंसिर २०
मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने एवं मध्यपुर थिमिको सम्पदा र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले मध्यपुर महोत्सव आयोजना गरिएको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले बुधवार आयोजना गरेको ‘रेडक्रस स्मारिका–२०८१ विमोचन एवं सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त भनाई राख्नुभएको हो ।
नगर प्रमुख श्रेष्ठले आगामी पुस १२, १३ र १४ गते आयोजना हुने मध्यपुर महोत्सवमा रेडक्रसकर्मीहरुको भूमिकाबारे चर्चा गर्दै विप्दमा परेका मानवको उद्धार, राहत र पुनःस्थापनमा नेरेसो मध्यपुर थिमि उपशाखाको योगदानको प्रशंसा गर्नुभयो ।
मध्यपुर थिमि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले उपशाखाको भवन निर्माण नपा र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा अघि बढ्ने बताउनुभयो । उपप्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन शिलान्यास भईसकेको र अस्पतालको सेवा सुविधा बृद्धि भइरहेको भन्दै मध्यपुर महोत्सव सफल पार्न सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा मध्यपुर थिमि वडा नं. ४ निवासी सुर्यकृष्ण थापा श्रेष्ठलाई उत्कृष्ट स्वयम्सेवक सम्मान गरिएको थियो । उहाँलाई नगर प्रमुख, उपप्रमुख दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको मूल्यमान्यता एवम् दायित्वबारे बुदाँगत चर्चा गर्दै मध्यपुर थिमि नगरपालिका, स्थानीय समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ र रेडक्रसकर्मीहरुको साथ र सहयोगमा उपशाखाको भवन शिलान्यास गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपशाखाका सचिव जीवन श्रेष्ठ, सम्मानित व्यक्तित्व सुर्यकृष्ण थापा श्रेष्ठ, उपशाखाकी उपसचिव सुशिला श्रेष्ठ लगायतका वक्ताहरुले रेडक्रसको विविध कार्यका बारेमा चर्चा गर्नुभएको थियो ।