एनपिएल विजेतालाई एक करोड ११ लाख

भक्तपुर, मसिर १५
काठमाण्डौंमा शनिवारदेखी शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को विजेताले एक करोड ११ लाख रुपैंया पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यानले) शनिवार फ्रेन्चाइज टि–२० क्रिकेट लिग एनपिएलको विजेताले सो पुरस्कार पाउने घोषणा गरेको हो ।
क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ ।